योगेशले माओवादीलाई भने, “कालो तिम्रो अनुहारमा छ,सिसा फुटाएर उन्मुक्ति पाइने छैन”

1.04K shares
ishwor movie

काठमाडौँ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सचिव योगेश भट्टराईले, माओवादीले १० वर्ष संचालन गरको संघर्षलाई ‘सशस्त्र हिंसा’ हो भनेपछि संसदमै विवाद उत्पन्न भएको थियो । योगेश त्यो हिंसा नै हो भन्ने कुरामा अडिग रहँदा, माओवादीका सांसदहरुले हिंसा शब्द रेकर्डबाट हटाउन माग गरेका थिए । सभामुख देवराज घिमिरेले पनि सचिवालाई छानविन गरि कारवाही गर्न निर्देशन दिएका थिए ।

हिजो देखि सामाजिक संजाल लगायत सबैतिर योगेशको उक्त अभिव्यक्तिको पक्ष र विपक्षमा तर्कहरु भइरहेको छ । यस्तोमा, नेकपा एसका नेता प्रेम आलेले भनेको, “योगेश हतियारको तस्करी गथ्र्यो” भन्ने अभिव्यक्तिलाई लिएर उनिमाथि नै प्रश्नहरु आइरहेका छन् ।

यस्तोमा योगेशले सामाजिक संजालमार्फत अभिव्यक्ति दिएका छन् । उनले कालो तिम्रो अनुहारमा छ,सिसा फुटाएर उन्मुक्ति पाइने छैन चेतना भया भनेर लेखेका छन् । यस्तो छ उनले लेखेका स्ट्याटस –
“निर्दोष मानिसको हत्या गर्ने, अपहरण गर्ने
सुतीरहेका पुलिस र सेनामाथि बम हान्ने
जनताको संपत्ति लुटने
बैंक लुटेर पैसा र सुन माटोमुनि लुकाऊने
रक्तचंदनको तस्करी गर्ने
गिटी बालुवाको तस्करी गर्ने
तिमिहरुका यी कुकर्मको एक ठाऊँमा मात्र जवाफ देऊ
तिमिले लगाएको तथ्यहीन, मिथ्या, असत्य र झूट आरोपको हजार ठाऊँमा जवाफ दिन तयार छु ।
तिम्रा धमकी र फरेबले मेरो ईमान डगमगाउने छैन।
कालो तिम्रो अनुहारमा छ, सिसा फुटाएर उन्मुक्ति पाइने छैन।
चेतना भय “

1.04K shares