हलमा ‘वर एण्ड वधु’

679 shares

काठमाडौँ । मिलन चाम्सको निर्देशनमा बनेको फिल्म ‘वर एण्ड वधु’ प्रदर्शनमा आएको छ । पारिवारिक ड्रामा फिल्ममा आँचल शर्मा विवेक कर्माचार्य, किरण केसी, रविन्द्र खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको मंगलबार पोखरा र बुधबार ललितपुरको लबिम मलमा आयोजना गरिएको प्रिमियरमा सकरात्मक प्रतिक्रिया मिलेको थियो । फिल्मले देशभर सुखद शोज समेत पाएको छ । यस्तोमा राम्रो कलेक्सन गर्ने सम्भावना रहेको छ ।

एलआरके इन्टरटेनमेन्टले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता अमित रिजाल हुन् ।

679 shares