ओलीको आशीर्वाद पाउँदा चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त

वि.सं.२०८१ भदौ १४ शुक्रवार ०७:५६

काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा प्रस्तोता, निर्देशक तथा कलाकार दिनेशराज दाहाल डीसी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।
बोर्ड अध्यक्षको दौडमा रहेका अन्य प्रतिस्पिर्धिलाई पछार्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको आर्शिवादबाट उनि अध्यक्ष नियुक्त भएका हुन् । निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो । रिक्त रहेको पदमा आकांक्षी मध्येका डीसी सहित अन्य दुई फिल्मकर्मीलाई नियुक्त गर्नका लागि मन्त्रिपरिषद्मा सिफारिश गरिएको थियो ।
डीसी एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष हुन् । प्रस्तोताका रुपमा चर्चित उनि चलचित्र निर्देशक समाजको अध्यक्ष समेत बनिसकेका छन् । उनले सन् १९९७ मा रिलिज भएको ‘सुनचाँदी’ फिल्मबाट अभिनयमा डेब्यु गरेका थिए । अभिनयका साथै उनले ‘सावधान’बाट फिल्म निर्देशन सुरु गरेका थिए । पछिल्लो पटक ‘फूलैफूलको मौसम तिमीलाई’ निर्देशन गरे उनि विभिन्न कार्यक्रम तथा अवार्ड शो हरु होष्ट गरिरहेका हुन्छ ।
अध्यक्षकै दौडमा रहेका एमालेसँग आवद्ध अन्य कलाकारलाई पछि छाड्दै उनी बोर्ड अध्यक्ष बनेका हुन् । यस्तो हुनुमा उनि लामो समयदेखि एमालेमै रहेर ओली नजिकको भएर काम गर्नु बताइएको छ । अन्य आकांक्षीहरु समयअनुसार जोडिए पनि डीसी पुराना मानिन्छन् । यस्तोमा उनको पोल्टामा परेको बोर्ड अध्यक्षको पदबाट उनले कस्ता सुधारका कामहरु गर्छन् ,त्यो हेर्न बाँकी नैछ । यद्धपी लामो समयदेखि चलचित्र कर्ममै सक्रिय रहेका उनले राम्रो काम गर्ने अपेक्षा भने गरिएको छ ।

वि.सं.२०८१ भदौ १४ शुक्रवार ०७:५६