कृषि तथा वन विज्ञान संस्थानमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानविन गरि कारवाही गर्न अनेरास्ववियुको माग

1.47K shares
ishwor movie

काठमाडौँ । अनेरास्ववियुले कृषि तथा वन विज्ञान संस्थान केन्द्रीय क्याम्पस रामपुरमा भएको नियोजित हिंसात्मक घटनाको निष्पक्ष छानविन गर्न माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्ती जारी गर्दै घटनाको निष्पक्षा छानविन गरि दोषिउपर कानुनी कारवाही गर्न माग गरेका छन् ।

गत भाद्र ११ गते राति क्याम्पसको सगरमाथा छात्रावास अगाडी आएर नेविसंघ निकट समुहले अनेरास्ववियु विरुद्ध नाराबाजी गरेको थियो । त्यसको भोलिपल्टै १२ गते राती सोही छात्रावास छिरेर मदिरा सेवन गरेर आएको नेविसंघको समूहले सवारी साधनहरु तथा निजी सामाग्रीहरु तोडफोड गर्ने लगायतका हिंसात्मक गतिविधिहरु गरेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, “भाद्र ९ गते भएको डोरी तान्ने प्रतियोगितामा अनेरास्ववियुमा आबद्ध जुनियर व्याचका विद्यार्थीहरुबाट पराजित भएको निहुमा यो नियोजित हिंसात्मक घटना घटाएको र उक्त घटनालाई स्वयम् संस्थानका डिनले चासो नदिएर घटना घटाउनेहरुलाई संरक्षण गरिरहेको स्पष्ट छ । यस घटनालाई लिएर झुट्ठा जाहेरीको आधारमा हाम्रो संगठनका नेताहरु प्रशन्न पोख्रेल, विनोद भण्डारी, विवेक कुमार यादव, विवेक खत्री र चिरण खनाललाई पक्राउ गरिएकोमा तत्काल रिहाईको माग गर्दछौं ।”

शिक्षण संस्थामा हिंसात्मक गतिविधि निस्तेज पार्न अनेरास्ववियु प्रतिवद्ध रहेको अध्यक्ष बडालद्वारा जारी विज्ञप्तीमा भनीएको छ । साथै, संयमतालाई कमजोरि ठानिए कडा प्रतिवादमा उत्रिने चेतावनी समेत बडालले दिएका छन् ।

 

1.47K shares