‘पूर्ण बहादुरको सारङ्गी’ पनि कात्तिक १५ मै

658 shares

काठमाडौँ । लक्ष्मीपूजाको अवसरमा कात्तिक १५ मा अर्को नेपाली फिल्म पनि प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले फर्स्टलुक पोष्टर सार्वजनिक गर्दै कात्तिक १५ आउने जानकारी दिएको हो ।

सार्वजनिक पोष्टरमा स्कुल ड्रेसमा विजयी भावमा प्रकाश सपुत देखिएका छन् । यता विजय बराल दारीमा बुढ्यौली लागेका अवस्थामा देखिएका छन् । फर्स्टलुकको भन्दा धेरै चर्चा फिल्मको रिलिज मितिलाई लिएर भैरहेको छ । फिल्म आगामी वर्ष रिलिज गर्ने तयारिमा रहेको निर्माण टिमले बताउँदै आएको थियो ।

विहिबार पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले रिलिज मिति तोकेको हो । अब कात्तिकको १५ मा दुई वटा हिन्दी र तीनवटा नेपाली फिल्म प्रदर्शन हुने भएका छन् । फिल्म प्रदीप खड्काको एक्टर र पल शाहको मायावीसँग भिड्ने भएको हो । सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल, वुद्दि तामाङ, अन्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, लगायतका कलाकारको अभिनय रहेको छ ।

सेभेन सिज सिनेमा र बाँसुरी फिल्मस्को प्रस्तुति रहेको फिल्ममा विनोद पौडेल र प्रतीक सुवेदीको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता रमेश चौलागाइँ, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

 

658 shares