‘इन्फा’को अवार्डको नोमिनेशन सार्वजनिक, उत्कृष्ट अभिनेतामा अनमोल केसीसहित को को परे ?

994 shares

 

काठमाडौँ । यती इन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२४ को नोमिनेशन सार्वजनिक भएको छ । कुल १८ विधामा प्रदान गरिने अवार्डका उत्कृष्ट ५ फिल्मकर्मी, प्राविधिक र फिल्मको नोमिनेशन सार्वजनिक भएको हो ।

भदौ २९ गते बेलायतको लण्डनमा हुने अवार्डलाई यति नेपाली उसोसियसनको आयोजना र संगिक्षा फिल्मस् इन्टरटेनमेन्टको व्यवस्थापानमा गरिने भएको छ । अवार्डको नोमिनेशनमा सन् २०२३ को अप्रिल १४ देखि सन् २०२४ को जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरुलाई समावेश गरिएको छ ।

सुनिल थापाको संयोजकत्वमा गौरी मल्ल र उज्ववल घिमिरे सदस्य राखेर जुरी टिम निर्माण गरिएको छ । अवार्डमा समावेश हुन आएका फिल्म हेरेर जुरीले उत्कृष्ट ५ छानेको हो ।

 

आयोजकले सार्वजनिक गरेका १८ विधाका नोमिनेशन यस प्रकार छन् –

१. उत्कृष्ट फिल्म

जारी– बाँसुरी फिल्मस्

दिमाग खराब–सिनेमा आर्टस् र ब्ल्याक हर्स पिक्चर्स

प्रसाद २ उस.जी फिल्मस् र सुलभ थापा प्रोडक्सन

फर्की फर्की– रोहित अधिकारी फिल्मस्

गाउँ आएको बाटो– मनच्याएम पिक्चर्स र बाँसुरी फिल्मस्

२. उत्कृष्ट निर्देशक

जारी–उपेन्द्र सुब्बा

दिमाग खराब– निश्चल बस्नेत

प्रसाद २– सुदर्शन थापा

फर्की फर्की– सुयोग गुरुङ

गाउँ आएको बाटो– नबिन सुब्बा

३. उत्कृष्ट अभिनेता

दिमाग खराब– खगेन्द्र लामिछाने

प्रसाद २– विपिन कार्की

फर्की फर्की– अनमोल केसी

गाउँ आएको बाटो– दयाहाङ राई

पुजार सार्की– प्रदीप खड्का

४. उत्कृष्ट अभिनेत्री

प्रसाद २– केकी अधिकारी

फर्की फर्की– जसिता गुरुङ

गाउँ आएको बाटो– पशुपति राई

जारी– मिरुना मगर

परस्त्री– शिल्पा मास्के

५. उत्कृष्ट कथा तथा पटकथा

प्रसाद २– सुशील पौडेल

दिमाग खराब– आकाश बराल

जारी– उपेन्द्र सुब्बा

६. उत्कृष्ट सम्पादक

प्रसाद २– मिलन श्रेष्ठ

दिमाग खराब– क्वान पुन लेउन

फर्की फर्की– सुरेन्द्र पौडेल

७. उत्कृष्ट छायांकार

प्रसाद २– राजेश श्रेष्ठ

फर्की फर्की– नरेन्द्र मैनाली

जारी– शैलेन्द्र डी कार्की

८. उत्कृष्ट संगीतकार

नांगो गाउँ– सुशान्त गौतम(सुन सुन सुन्दरी)

बोक्सीको घर– प्रकाश सपुत(बुझिन मैले)

जारी– कालीप्रसाद बाँस्कोटा(चरी बस्यो)

९. उत्कृष्ट पाश्र्व गायक

नांगो गाउँ– एसडी योगी(सुन सुन सुन्दरी)

पुजार सार्की– प्रकाश सपुत(दर्शन गरेँ)

जारी–कालिप्रसाद बाँस्कोटा(चरी बस्यो)

१०. उत्कृष्ट पाश्र्व गायिका

नांगो गाउँ– अञ्जु पन्त(सुन सुन सुन्दरी)

पुजार सार्की– शान्तिश्री परियार(दर्शन गरेँ)

बोक्सीको घर– समीक्षा अधिकारी(बुझिन मैले)

११. उत्कृष्ट नृत्य निर्देशक

नांगो गाउँ– रामजी लामिछाने(सुन सुन सुन्दरी)

पुजार सार्की– शिशिर खत्री(दर्शन गरेँ)

फर्की फर्की– किरण थापा(फर्की फर्की)

१२. उत्कृष्ट खल पात्र

प्रसाद २– अर्पण थापा

अगस्त्य– प्रमोद अग्रहरी

ऐचौं पैचौं– कोशिश क्षेत्री

१३. पपुलर अभिनेता

१४. पपुलर अभिनेत्री

१५. उत्कृष्ट अभिनेता, जुरी

१६. उत्कृष्ट अभिनेत्री, जुरी

१७. पर्फमर अफ दि एयर

१८. लाइफ टाइम एचिभमेन्ट अवार्ड

994 shares