‘रावायण’को आइटम गीत ‘करेजा निकरी’ सार्वजनिक

1.54K shares

काठमाडौँ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रावायण’को आइटम गीत सार्वजनिक भएको छ । सोमबार फिल्मको ‘करेजा निकरी’ बोलको गीत सार्वजनिक गरिएको हो ।

प्रदीप श्रीवास्तवको शब्द रहेको गीतमा रेवन आरती सिंहको संगीत रहेको छ । गीतमा भारतीय गायिका सोनु कक्कर र समीर चौरासियाको स्वर छ। फिल्मको यसअगाडि टिजर, ट्रेलर, शिर्ष गीत, रोमान्टिक गीत सार्वजनिक भइसकेको छ । फिल्मको सार्वजनिक प्रचार सामग्रीले उच्च हाइप निर्माण गरेको छ ।

आज सार्वजनि भएको आइटम गीतमा पूर्वमिस नेपाल एवं अभिनेत्री निकिता चण्डकको नृत्य छ। निकितालाई ग्ल्यामरस लुक्समा देखाइएको छ । निकिताको साथमा भिडियोमा पल शाह, प्रकाश शाह र कैलाश रावललाई देखाइएको छ ।

गीतको भिडियोलाई विक्रम स्वारको कोरियोग्राफीमा तयार गरिएको हो । फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका छन् । फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, कैलाश रावल लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा पूजा शर्माको लगानी रहेको छ भने कार्यकारी निर्माता सुशन पाठक हुन् । फिल्मलाई सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा निर्माण गरिएको हो ।

फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, श्री श्रेष्ठको एक्सन, मिलन श्रेष्ठको सम्पादन छ। फिल्मलाई आरआर फिल्मसले वितरण गर्दैछ भने यसको डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल रहेको छ।

 

 

 

1.54K shares