समिक्षाको पूजालाई आग्रह, ‘यसरी पिडा नदिनुस् प्लिज’

वि.सं.२०८१ भदौ १८ मंगलवार ०७:४५

काठमाडौँ । अभिनेत्री पूजा शर्मा यतिबेला ‘रावायण’ प्रचारप्रसारमा व्यस्त छिन् । यहि क्रममा विभिन्न मिडियाहरुसँग उनि अन्तरक्रिया र अन्तर्वाता गरिरहेकी छन् । यस्तोमा उनले समीक्षा अधिकारीको बारेमा बोलेको विषयमा समिक्षाले प्रतिक्रिया जनाएकी छन् । पूजाले समीक्षा लक्षित गरेर ‘पललाई कानुनले बेकसुर प्रमाणित गरेको र कसैले बोलिरहन जरुरी छैन’ भनेकी थिइन् ।
समीक्षाले फेसबुकमा पोष्ट गर्दै आफुलाई पिडा नदिन पूजालाई आग्रह गरेकी छन् । समीक्षाले सामाजिक संजालमा लेखेकी छन्,
“अदालत नै पोडकाष्टहरु हुन भने, न्यायधिस नै यी र यस्ता कलाकारहरु हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि
सत्य के हो ? कि उस्लाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ।
के सहि ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ। र माफी दिएर सावित गरिदिएँ। त्यस यता सबै नर्मल नै चलिरहेका बेला आफै छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ?
समीक्षाले पूजालाई, यसरी पनि सिनेमा चलाउन खोज्नु सहि हो र ? भन्दै प्रश्न गरेकी छन् ।
सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ। हिजो तिमि मेरो बहिनी भनेर आउनुभयो, मैले दिदि भनें, माने। अहिले पनि मानेकी छु। मान्छु तर यसरी पिडा नदिनुस् प्लिज।”

वि.सं.२०८१ भदौ १८ मंगलवार ०७:४५