दीपेन्द्रको ‘दुखी आत्मा’मा अनुपविक्रमको इन्ट्रि

770 shares

काठमाडौँ । निर्देशक दीपेन्द्र लामाको नयाँ बन्ने चलचित्र ‘दुखी आत्मा’मा अनुपविक्रम शाही अनुबन्धित भएका छन् ।

फिल्ममा यसअगाडि दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । अनुपको इन्ट्रिपछि फिल्मको लाइनअप बलियो देखिएको छ ।

भदौ २४ गतेबाट छायांकनमा जाने चलचित्रमा हिमाल कडरियाको लगानी रहनेछ । हिमाल र दीपेन्द्रले यसअगाडि ‘नांगो गाउँ’मा सहकार्य गरेका थिए । फिल्मलाई क्लक वर्क कृएसन्सको ब्यानरमा निर्माण गरिने भएको हो ।

सोसल कमेडी जनरामा निर्माण हुने फिल्ममा दया, आँचल, अनुपको साथमा बुद्धि तामाङ, पुस्कर गुरुङ,कविता आले,शिसिर वाङ्देल,आशान्त शर्मा,लोकेन्द्र लेखक,अंकित खड्का, लुनिभा तुलाधर,आरती आचार्य,निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार,यासेली योङहाङलगायतका कलाकारले अभिनय रहनेछ ।

770 shares