‘शाम्बाला’ हेर्न नेपाल आउँदै बलिउडका अनुराग कश्यप र नवाजुद्दीन सिद्दीकी

वि.सं.२०८१ भदौ १८ मंगलवार १०:४५

काठमाडौँ । भदौ २८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुनका लागि दुई बलिउडका कलाकार तथा निर्देशक नेपाल आउने भएका छन् । प्रिमियरमा सहभागीता जनाउनका लागि अभिनेता नवाजुद्दिन सिद्दीकी र निर्देशक अनुराग कश्यप नेपाल आउने भएका हुन् ।
फिल्मको प्रिमियर भदौ २३ गते राखिएको छ । यस्तोमा अनुराग र नवाज २२ गते नेपाल आउने भएका हुन् । उनिहरु विशेष अतिथिका रुपमा नेपाल आउन लागेका हुन् ।
शाम्बालालाई मिन बहादुर भामले निर्देशन गरेका छन् । फिल्म बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको मुख्य विधामा छनोट भएको थियो । त्यतिबेलै नवाजले फिल्म हेर्न भ्याएका थिए ।
हिमाली भेगकी गर्भवती महिलाले ल्हास्सामा हराएको श्रीमान खोज्दाको कथा समेटिएको फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दाल्हा, कर्मा शाक्य, लोटेन नम्लिङ लगायतका कलाकारको अभिनय रहेको छ।

वि.सं.२०८१ भदौ १८ मंगलवार १०:४५