समीक्षालाई पूजा शर्माको जवाफ, ‘फिल्म आउनु अगाडी शत्रुहरू त लाग्छन् नै’
वि.सं.२०८१ भदौ १८ मंगलवार ११:३९
काठमाडौँ । अभिनेत्री पूजा शर्मा र गायिका समीक्षा अधिकारीबिच सामाजिक संजालमा दोाहीरी चलिराखेको छ । फिल्म प्रचारको क्रममा पूजाले एउटा पोडकाष्टमा ‘पललाई कानुनले बेकसुर प्रमाणित गरेको र कसैले बोलिरहन जरुरी छैन’ भनेकी थिइन् ।
त्यसैको जवाफ स्वरुप समीक्षाले सामाजिक संजाल मार्फत जवाफ फर्काएकी थिइन् । समीक्षाको जवाफ दिँदै पूजाले लेखेकी छन्
“आज गायिका बहिनिले मलाई जोडेर मेरो भिडियो शेयर गरेर जुन नकारात्मक सन्देश दिन खोजेकि छन् त्यसमा मेरो गम्भिर आपत्ति रहेको छ ।
त्यो भिडियो सबै हेरेर मात्र प्रतिक्रिया दिन अनुरोध गर्दछु ।
यो विषमा म नबोलु भनेको र बोल्न आवश्यक पनि ठान्थिन तर यसरी मेरो फिल्म आउनुभन्दा २,४ दिन अगाडि (पहिला पनि र अहिले पनि) मलाई टार्गेट गरिन्छ भने, म पनि बाध्य भएर बोले‘
मिडियामा आएका मेरा सम्पूर्ण सामाग्रीहरू नितान्त प्रोफेशनल हुन्। यो बाहेक मेरा र ति बहिनिको पनि आफ्नो व्यक्तिगत जीवन होला‘ त्यसमा न म कहिले बोले र कहिले बोल्नेछु र सम्बन्धित सबैलाई पनि नबोल्न अनुरोध गर्दछु‘ ।
“फिल्म आउनु अगाडी शत्रुहरू त लाग्छन् नै‘”
यस्तो थियो समीक्षाले लेखेको स्ट्याटस –
“अदालत नै पोडकाष्टहरु हुन भने, न्यायधिस नै यी र यस्ता कलाकारहरु हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि
सत्य के हो ? कि उस्लाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ।
के सहि ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ। र माफी दिएर सावित गरिदिएँ। त्यस यता सबै नर्मल नै चलिरहेका बेला आफै छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ?
समीक्षाले पूजालाई, यसरी पनि सिनेमा चलाउन खोज्नु सहि हो र ? भन्दै प्रश्न गरेकी छन् ।
सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ। हिजो तिमि मेरो बहिनी भनेर आउनुभयो, मैले दिदि भनें, माने। अहिले पनि मानेकी छु। मान्छु तर यसरी पिडा नदिनुस् प्लिज।”
पुजा शर्माको लगानी रहेको रावायण भदौ २१ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा पल शाह र पूजाको मुख्य भुमिका रहेको छ ।
वि.सं.२०८१ भदौ १८ मंगलवार ११:३९