बालेन भर्सेस ओली, ओलीको फलोअर्स घटेको घट्यै
वि.सं.२०८१ भदौ १९ बुधवार ०६:५७
काठमाडौँ । यतिबेला प्राधनमन्त्री केपी ओली र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह सामाजिक संजालमा आमने सामने भएका छन् । बालेन शाहका समर्थकले ओलीको फेसबुक पेजलाई अनफलो गर्ने अभियान नै चलाएका छन् ।
मंगलबार साँझबाट चलेको अभियानले ओलीको ७३ हजार फलोअर्स घटाएका छन् । ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स थिए । यतिबेला उनको पेजमा ५ लाख ९३ हजार फलोअर्स छन् ।
केहिदिनयता बालेन शाहले लगातार केपी ओलीलाई लक्षित गर्दै टिप्पणी गर्दै आएका थिए । सोहि टिप्पणीमध्येको एउटा पोष्ट नेकपा एमाले (लुम्बिनी) प्रदेश सांसद रेखा कुमारी शर्माले बालश्रम शोषण गरेको तर कारबाही नगरेको भन्ने स्टाटस हट्न पुग्यो बालेनको । सो पोष्ट सरकारले हटाएको बालेनको दाबि छ ।
उक्त पोष्ट हटेपछि बालेनले सरकारलाई चुनौती दिँदै पोष्ट उडाउने हैन, दोषी समाउ सरकार भनेका थिए । बालेनको उक्त स्ट्याटसपछि उनका समर्थकले ओलीलाई अनफलो गर्ने अभियान चलाएका थिए । यो कार्य अझै रोकिने छाँटकाँट देखिएको छैन ।
वि.सं.२०८१ भदौ १९ बुधवार ०६:५७