सौगातसँग सृष्टिको भिडन्त, ‘केटी हराएको सूचना’ कार्तिक ३० मा

791 shares

काठमाडौँ । चलचित्र ‘केटी हराएको सूचना’ले रिलिज मिति तोकेको छ । मंगलबार फिल्मको टिजर सार्वजनिक गर्दै रिलिज मिति तोकिएको हो ।

उक्त मितिमा तीन नेपाली फिल्मको भिडन्त हुने भएको छ । सोहि मितिमा सौगात मल्लको ‘बमबहादुर’ र नीता ढुंगानाको ‘ह्रस्व दीर्घ’ पनि आउँदैछ । हुनत पछिल्लो समय नेपाली फिल्मको त्रिपक्षीय भिडन्त स्वभाविक नै भइसकेको छ ।

मंगलबार सार्वजनिक गरिएको टिजरले दर्शकमाझ सस्पेन्स देखाएको छ । टिजरमा नाजिर र सृष्टिको प्रेम पनि देखायएको छ । अर्कोतर्फ सृष्टिलाई नाजिरले हात, खुट्टा र मुख बाँधेर बन्धक बनाएका छन् । टिजरले फिल्म सस्पेन्स, थ्रिलर जनरामा बनेको संकेत गरेको छ । केहि फरक देखिएको टिजरले दर्शकलाई कतिको उत्साहित गर्छ त्यो भने हेर्न बाँकि छ ।

दीपेन्द्र गौचनले फिल्मको निर्देशन गरेका छने । उनले करिब बत्तीस वर्षअघि डकु–ड्रामा ‘उजेली’ निर्देशन गरेका थिए । गौचनकै लगानी रहेको फिल्मको कार्यकारी निर्माता नकि उद्दिन हुन् । फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्र लगायतका कलाकारको अभिनय रहेको छ ।

 

791 shares