‘हरिबहादुरको जुत्ता’मा फिल्म बन्ने, हरिवंश र प्रकाश मुख्य भुमिकामा

840 shares

काठमाडौ । हरिबहादुरको जुत्ता शिर्षकमा फिल्म बन्ने भएको छ । हरिवंश आचार्यको चर्चित पात्र हरिबहादुरको चरित्रलाई लिएर फिल्म बन्ने भएको हो ।

बुधबार हरिवंश आचार्यले सामाजिक संजाल मार्फत फिल्म निर्माणको जानकारी दिएका हुन् । फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गर्ने भएका छन् । फिल्ममा हरिवंश र प्रकाश सपुतको मुख्य भूमिका रहने भएको छ ।

फिल्म निर्माणको जानकारी दिँदै हरिवंशले यस्तो लेखेका छन्,

”हरिबहादुरको चरित्रलाई लिएर चलचित्र बनाउने सुझाब धेरैबाट पाएको थियेँ । एकदिन दिमागमा एउटा कथा फुर्छ हरिबहादुरको जुत्ता भाइ सरोज ओली चलचित्रको कथा खोज्दै रहेछन् ,अनि सन्जोक मिल्यो ।
लोकप्रिय कलाकार प्रकाश सपुत संग संगै अभिनय गर्ने अबसर जुर्दैछ निर्देशक दिपेन्द्र के खनालले चलचित्रलाई निर्देशन गर्नु हुने भएकोछ । छायांकन केहि महिना पछि सुरु हने कुरा छ ।”

दीपेन्द्र के खनाल ‘के घर के डेरा’को काममा व्यस्त छन् । हरिवंशको पछिल्लो पटक ‘महाजात्रा’ ब्लकबस्टर भएको थियो । प्रकाश सपुतको ‘पूर्ण बहादुरको सारंगी’ प्रदर्शनको तयारीमा छ ।

840 shares