यी हुन् ‘रावायण’ चल्न सक्ने ५ आधार
साउथ इन्डियन फ्लेवरको ट्रेलरले दर्शकलाई आकर्षित गरेको छ । पलले दोहोरो चरित्र एक्सन गर्दै गर्दा दर्शकको हुटिङ र तालिको वर्षा पक्कै हुनेछ । 'रावायण' सफल हुँदा यसपछि आउने अधिकांश फिल्म यहि जनराका हुनेमा दुई मत छैन ।
वि.सं.२०८१ भदौ २० बिहीवार ०५:१९
शुक्रबारबाट चलचित्र ‘रावायण’ प्रदर्शनमा आउँदैछ । फिल्मको फर्स्टलुक पोष्टर सार्वजनिक भएदेखि नै उच्च हाइप निर्माण भएको छ फिल्मको टिजर, गीत र ट्रेलर सार्वजनिक भएपछि उक्त हाइप झनै बढेको छ ।
हाल निर्माण टिम फिल्म प्रचारप्रसारको अन्तिम चरणमा रहेको छ । फिल्मको बुकिङ पनि खुलिसकेको छ । एक्सन जनरामा निर्माण भएको फिल्मलाई लिएर, कस्तो व्यापार गर्ला भन्ने चर्चा सबैतिर रहेको छ । पछिल्लो समय सामाजिक विषयवस्तुमा निर्माण भएका फिल्महरुले मात्रै बक्सअफिसमा सफलता पाइरहेको बेला रावायणलाई चुनौती र अवसर दुवै छ ।
एउटा समय एक्सन फिल्महरुको दवदवा नै थियो । उक्त स्थान केहि समय सामाजिक विषयवस्तुका फिल्महरुले लिए । पछिल्लो समय अत्याधिक सामाजिक विषयवस्तुका फिल्महरु बनेकाले, दर्शकले नयाँ टेष्ट खोजिरहेका छन् । यो बिचमा विभिन्न जनराका फिल्महरु निर्माण पनि भए । केहिले ठिकठाक गरे भने, अन्यलाई दर्शकले रिजेक्ट गरे ।
केहि महिनायता एक्सन जनराका फिल्महरु नआएका पनि हैनन् । ति मध्ये ‘अगस्त्य च्याप्टर १’ ले मात्रै थोरै भएपनि सफलता पायो । गत फागुन यता मात्रै ‘अगस्त्य’, ‘रंगेली’, ‘काँडेतार’, ‘दान्भी’ लगायतका एक्सन जनाराका फिल्महरु प्रदर्शन भए । केहि समय यता मात्रै एक्सन जनराका धेरै फिल्महरु निर्माण घोषणा भए, कति त फ्लोरमा पनि गए ।
यो सबै चुनौतीका विचमा रावायण प्रदर्शनमा आउँदैछ । यहि फिल्मबाट लभस्टोरी फिल्ममा रुचाइएका निर्देशक सुदर्शन थापाले एक्सन जनरामा हात हाले । धेरैले उनले कस्तो एक्सन फिल्म बनाउलान् भनेर चासो समेत देखाएका छन् ।
यहाँ हामि रावायण चल्ने केहि आधारहरु प्रस्तुत गर्नेछौँ
१. स्टारकास्ट
फिल्ममा पल शाह र पूजा शर्मा मुख्य भुमिकामा रहेका छन् । पल र पूजाको जोडिलाई दर्शकले लभस्टोरी फिल्ममा अत्याधिक रुचाएका थिए । उनिहरुले म यस्तो गीत गाउँछुको दुई पार्टमा काम गरेका थिए । दर्शकले मन पराएको फिल्मले बक्सअफिसमा राम्रै रिजल्ट निकालेको थियो । यस्तोमा यो जोडिको फिल्म हेर्न दर्शक आतुर देखिन्छन् । यसका अलवा फिल्ममा प्रियंका कार्की, प्रमोद अग्रहरी लगायतका कलाकारको पनि अभिनय रहेको छ । प्रियंका र प्रमोद दुवै दर्शकले रुचाएका कलाकार हुन् ।
२. पल शाह
अहिलेको पुस्तामा सबैभन्दा धेरै रुचाइएका कलाकार हुन् पल शाह । देश तथा विदेशमा उनको ठुलै फ्यान फलोइङ लोभलाग्दो छ । फिल्महरु सफल भइरहेको बेला उनि एउटा विवादीत घटनाको कारण जेल परे । जेलबाट छुटेयता उनको सोलो फिल्म रिलिज भएको छैन । गत जेठमा प्रदर्शनमा आएको पूजार सार्कीमा उनको भूमिका छोटो थियो । दर्शकले उनलाई सोलो लिड भूमिकामा रावायणमा देख्न पाउनेछन् । पूजार सार्कीको बेला पनि उनि हलमा पुग्दा दर्शकको छुट्टै क्रेज देख्न पाइएको थियो । फेरि एकपटक दर्शकमाझ उनि आफ्नो फिल्म लिएर पुग्नेछन् ।
३. सुदर्शन थापा
निर्देशक सुदर्शन थापा पनि फिल्म चल्ने प्रमुख आधार हुन् । उनि प्रति दर्शकको एक प्रकारको भरोसा देखिन्छ । लभस्टोरी जनराका फिल्ममा उनलाई दर्शकले धेरै राम्रो साथ दिएका थिए । मेरो एउटा साथि छ, प्रेम गीत, म यस्तो गीत गाउँछु जस्ता लभस्टोरी फिल्ममा उनलाई दर्शकको साथ मिलेको थियो । यस्तोमा फेरि एकपटक उनलाई दर्शकले साथ दिने देखिन्छ । यो कुरा सार्वजनिक प्रचार सामग्रीहरुमा दर्शकले देखाएको प्रतिक्रियाबाट पनि अनुमान लगाउन सकिन्छ ।
४. टिजर, ट्रेलर र शीर्ष गीतले बनाएको हाइप
जब फिल्मको टिजर सार्वजनिक भयो, त्यसले छुट्टै हाइप निर्माण गर्यो । दर्शकको प्रतिक्रिया राम्रो मिलिरहेको थियो । यस्तोमा फिल्मको शीर्ष गीत सार्वजनिक भयो । त्यसको चर्चा अहिलेपनि जताततै देख्न सकिन्छ । पल शाहको लुक्स र इनर्जीको तारिफ सर्बत्र भयो । त्यसपछि आएको ट्रेलरले दर्शकलाई विश्वस्त बनाएको देखिन्छ । फिल्म रिलिज अगाडि जुन हाइप निर्माण भयो त्यसले फिल्म सफल हुनसक्ने आधार देखाउँछ ।
५. एक्सन
एक्सन जनरा विश्वभरका दर्शकका लागि सँधै रोजाइको विषय बनेको छ । नेपाली दर्शकहरु पनि यो जनराको धेरै ठुलो फ्यान रहेको पाइन्छ । बिचको समयमा नेपाली चलचित्रबाट यो जनरा लगभग गायव हुँदा दर्शकले साउथ इन्डियन फिल्महरुबाट त्यसको भर्पाइ गरे । अन्य इन्डिष्ट्रिका फिल्ममार्फत दर्शकले एक्सनको भोक पुरा गरे । यस्तोमा दर्शक नेपाली एक्सन फिल्म हेर्न आतुर हुन सक्छन् । त्यसको पछिल्लो सुरुवात रावायणले गर्न सक्छ । फिल्मको ट्रेलर पनि एक्सनले भरिएको थियो । ट्रेलरमा मिलेको प्रतिक्रियाले पनि दर्शलाई हलसम्म तान्न सक्ने अनुमान लगाउन सकिन्छ ।
साउथ इन्डियन फ्लेवरको ट्रेलरले दर्शकलाई आकर्षित गरेको छ । पलले दोहोरो चरित्र एक्सन गर्दै गर्दा दर्शकको हुटिङ र तालिको वर्षा पक्कै हुनेछ । ‘रावायण’ सफल हुँदा यसपछि आउने अधिकांश फिल्म यहि जनराका हुनेमा दुई मत छैन ।
फिल्मको प्रचार सामग्री, दर्शकको प्रतिक्रियाको आधारमा रावायण चल्न सक्ने यी केहि आधारहरु हुन् । प्रदर्शनको केहि दिन स्टारकाष्टको कारण पनि फिल्मले राम्रो व्यापार गर्न सक्छ । त्यसपछि भने फिल्मको कन्टेन्ट नै बोल्ने हो । जुन हाइप निर्माण भएको छ, त्यसअनुसारको फिल्म दर्शकले पाएनन् भने फिल्मको बक्सअफिसमा त्यसको असर पर्नेछ । हामिले धेरै फिल्म देखेका छौँ, जसको रिलिज अगाडि उच्च हाइप हुन्छ अनि प्रदर्शन भएपछि हलमा दर्शक हुँदैनन् । यस्तोमा फिल्मको कन्टेन्ट दमदार हुन जरुरी छ । यो विषयमा निर्देशक सुदर्शन थापा जानकार नै हुनुपर्छ, अन्यथा दर्शक भरोसा ।
वि.सं.२०८१ भदौ २० बिहीवार ०५:१९