पल शाह भन्छन्, ‘समीक्षासँग मित्रता छ, अहिले पनि कुराकानी हुन्छ’

वि.सं.२०८१ भदौ २० बिहीवार ०६:२०
812
shares

काठमाडौँ । अभिनेता पल शाहले समीक्षा अधिकारीसँग राम्रो सम्बन्ध रहेको बताएका छन् । हाल ‘रावायण’को प्रचारप्रसारको क्रममा दौडिरहेका पलले एक अन्तवार्तामा, “समीक्षासँग अहिले पनि कुराकानी हुने” बताएका हुन् ।
पत्रकारले समीक्षासँग कुराकानी कुन्छ कि हुँदैन भनेर सोध्दा, पलले, “काम परेको बेला अहिले पनि फोन म्यासेजमा कुराकानी हुने गरेको” बताएका हुन् । समीक्षासँग मित्रता कायमै रहेकाले, “राम्रो काम हुँदा एकआपसमा सहकार्य गर्न सक्ने” पलले बताएका छन् ।
समीक्षाको गायकी आफूलाई मन पर्ने उनले बताए । राम्रो सम्भावना भएको गायिका भएकाले ने धेरै गीतहरुमा सहकार्य गरेको उनले बताए ।

वि.सं.२०८१ भदौ २० बिहीवार ०६:२०
812
shares