प्रकाश र स्वस्तिमाको ‘बसन्त’को फर्स्टलुक सार्वजनिक

वि.सं.२०८१ भदौ २२ शनिवार ०५:४१

काठमाडौँ । प्रकाश सपुतको निर्देशनमा बन्न लागेको चलचित्र ‘बसन्त’को फर्स्टलुक पोष्टर सार्वजनिक भएको छ । शुक्रबार हरितालिका तीजको अवसर पारेर फिल्मको क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको हो ।
गलबन्दी प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्ममार्फत प्रकाशले निर्देशनमा डेब्यु गर्दैछन् । सार्वजनिक पोष्टरमा पाँच पात्रको चरित्र प्रस्तुत गरिएको छ । सबै पात्रहरु विद्यार्थीको रुपमा देखिएका छन् । उनिहरु विद्यार्थीको पहिरनमा दौडिरहेका छन् । उनिहरु, कापी र कलम च्यापेर दौडिरहेको पोस्टरमा देखिएको छ ।
पोस्टरमा देखिएका पात्रहरु स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रभातपाल ठकुरी, खड्गबहादुर पुन, शिवांसी श्री हुन् । उनिहरुको पात्रको नाम पनि पोष्टरमा देखाइएको छ ।
फिल्ममा प्रकाशकै कथा र संगीत पनि रहनेछ । गायक बाट कलाकार बनेका प्रकाशले अब भने निर्देशनमा हात हालेका छन् । फिल्मको छायांकन शनिबारबाट बाग्लुङमा हुनेछ । फिल्म यो वर्षको अन्त्यसम्ममा प्रदर्शनमा आउने जनाइएको छ ।

वि.सं.२०८१ भदौ २२ शनिवार ०५:४१