यस्तो बन्यो आलिया भट्टको ‘जिगरा’ को टिजर (भिडिओ)

700 shares

काडमाडौँ । बलिउड अभिनेत्री आलिया भट्ट स्टारर फिल्म ‘जिगरा’को टिजर सार्वजनिक भएको छ । आइतबार धर्मा प्रोडक्सनको युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक भएको हो ।

फिल्मको टिजरमा दिदि भाइबिचको सम्बन्ध देखाइएको छ । टिजरमा आलिया आफ्नो भाइलाई बचाउन संघर्ष गरिरहेको देखिन्छ । फिल्मको कथा बास्केटबल खेलाडिको बारेमा रहेको जनाइएको छ । फिल्ममा आलियाको साथमा वेदांग रैनाको मुख्य भूमिका रहेको छ ।

फिल्मको सह–निर्माता आलिया पनि हुन् । फिल्म ११ अक्टोबरबाट प्रदर्शनमा आउनेछ ।

 

700 shares