‘घर नम्बर २’ को छायांकन सकियो

वि.सं.२०८१ भदौ २३ आइतवार ०९:१०
560
shares

काठमाडौँ । दीपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्र ‘के घर के डेरा : घर नम्बर २’ को छायांकन सकिएको छ । फिल्मको छायांकन काठमाडौँ र ललितपुरमा गरि २५ दिनमा सकिएको हो ।
बुद्धिसागरको कथा रहेको फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ । सामाजिक कथावस्तुमा निर्माण भएको फिल्म माघ ११ गतेबाट प्रदर्शनमा आउनेछ ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको व्यानरमा निर्माण भएको फिल्ममा फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।

वि.सं.२०८१ भदौ २३ आइतवार ०९:१०
560
shares