रोनाल्डोको निर्णायक गोलमा पोर्चुगल विजयी

588 shares
ishwor movie

काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत समूह ए१ को खेलमा पोर्चुगलले स्कटल्यान्डलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा पोर्चुगलले २–१ को जित निकालेको हो ।

खेलमा स्कटल्यान्डले सुरुवाताी अग्रता बनाएको थियो । खेलको सातौँ मिनेटमा स्कटल्यान्डका लागि म्याकटोमिनीले गोल गरेका थिए । पहिलो हाफमा १ गोलले पछि परेको पोर्चुगललाई खेलको ५४ औँ मिनेटमा गोल गर्दै ब्रुनो फर्नान्डेजले बराबरीमा ल्याएका थिए । खेलको ८८ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गर्दा पोर्चुगल विजयी भएको हो । दोश्रो हाफमा मैदान छिरेका रोनाल्डोले आफ्नो करियरकै ९०१ औ गोल गरेका छन् ।

पोर्चुगलले लगातार दोश्रो खेलमा जित निकालेको हो ।

588 shares