प्रदीपको ‘एक्लो’को अपर मुस्ताङमा ४५ लाखको सेट बनाएर छायांकन सुरु

504 shares
ishwor movie

काठमाडौँ । नेपालकै पहिलो साइन्स फिक्सनमा आधारित फिल्म एक्लो को छायांकन सुरु भएको छ । फिल्मको अपर मुस्ताङमा भव्य सेट निर्माण गरेर छायांकन सुरु गरिएको हो । निर्माण टिमले सेट मात्रै ४५ लाखमा निर्माण गरिएको जनाएको छ ।

एक साताअगाडि काठमाडौँको भद्रकालीमा फिल्मको शुभमूहुर्त गरिएको थियो । ललितपुरको च्यासलमा फिल्मको केही दृश्य छायांकन गरिएको थियो । त्यसपछाडि भने निर्माण टिम मुस्ताङ लागेको थियो ।

फिल्मको छायांकन हाल अपर मुस्ताङको लोमान्थाङमा भइरहेको छ । फिल्मलाई त्यहाँको छुसेल, छुसाङ, कागवेनी र जोमसोम लगायतका स्थानमा पनि छायांकन गरिनेछ । मुस्ताङमा फिल्मको छायांकन सेड्युल ३० देखि ३५ दिनको राखिएको छ ।

मुस्ताङको छायांकन सकेर निर्माण टिमले १५ दिन काठमाडौँमा छायांकन गर्ने जनाएको छ । प्रदीप शाहीको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिया पुन, बेनिसा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रीचु राई, कृष्णभक्त महर्जन, बेलायती कलाकार जेमी बेकन लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुनको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज हुन् ।

 

504 shares