अखिल क्रान्तिकारीको अध्यक्षमा नरेश रेग्मीको उम्मेदवारी घोषणा

वि.सं.२०८१ भदौ २४ सोमवार ०६:२८

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जनवर्गिय संघठन अखिल क्रान्तिकारीको अध्यक्ष पदका लागि नरेश रेग्मी शर्माले उम्मेदवारी घोषणा गरेका छन् । शर्माले उदयपुरको गाईघाट स्थित त्रियुगा जनता बहुमुखी क्याम्पसबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन यही असोज २ गतेदेखि ५ सम्म काठमाडौँमा हुँदैछ । सम्मेलन लक्षित भएर शर्माले आफ्ना एजेन्डासहित उम्मेदवारी घोषणा गरेका हुन् । उनले विद्यार्थी आन्दोलनलाई नयाँ सिरामा पुर्याउन गम्भीरताका साथ बहस उठाउने बताएका छन् । आफ्ना एजेन्डाहरु लिखित सामग्री एवं भिडियो सन्देशमार्फत नियमित रुपमा सार्वजनिक गर्ने शर्माले उल्लेख गरेका छन् ।
हाल उपाध्यक्ष रहेका रेग्मीले उम्मेदवारी घोषणा गर्दै यस्तो लेखेका छन् –
“अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गर्दछु।
अखिल(क्रान्तिकारी) केन्द्रीय समितिको २३औँ राष्ट्रिय सम्मेलन यही असोज २–५ गतेसम्म काठमाडौमा हुन गइरहेको सन्दर्भमा हाम्रो संगठनले स्ववियु निर्वाचन जितेको पुर्वको १ नम्बर प्रदेशको उदयपुरको गाइघाट स्थित त्रियुगा जनता बहुमुखी क्याम्पसमा पत्रकार भेटघाट मार्फत आगामी राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदमा निर्वाचन लड्ने घोषणा गरेको छु। सम्मेलनको सन्दर्भमा आफ्ना एजेन्डाहरु लिखित सामाग्री एवं भिडियो सान्देश मार्फत नियमित रुपमा सार्वजनिक गर्दै जानेछु र विद्यार्थी आन्दोलनलाई नयाँ सिरामा पुर्याउन गम्भीरताका साथ बहस उठाउनेछु। विद्यार्थी आन्दोलन फेरि नयाँ उचाईमा उठाउने कुरा एकल प्रयासबाट मात्र हुने कुरा होइन। त्यसको लागि गम्भीर एवं सामुहिक प्रयत्न चाहिन्छ। तसर्थ, सम्पुर्ण प्रतिनिधि एवं प्रियजनहरुलाई आआफ्नोबाट सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
धन्यवाद ।”

वि.सं.२०८१ भदौ २४ सोमवार ०६:२८