युरोप पठाइदिने भन्दै लाखौँ ठगेको आरोपमा कलाकार ‘इकु’ पक्राउ

735 shares

काठमाडौँ । हास्य कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले कलाकार भिसामा यूरोप पठाउने भन्दै लाखौँ ठगेको आरोपमा पक्राउ गरेको हो ।

उनलाई आज सीआइबीले बुढानिलकण्ठबाट पक्राउ गरेको हो । उनिमाथि कलाकार भिसामा विदेशमा सांस्कृतिक कार्यक्रमका लागि लैजानका लाखौँ ठगेको आरोप छ ।

प्रहरीका अनुसार उनको ग्लोबल आइएमई बैंकमा रहेको खातामा रकम जम्मा भएको देखिन्छ । उनको खातामा १५ देखि २० लाखसम्म जम्मा भएको देखिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ ।

हास्य सिरियल ‘मेरी बास्सै’बाट इकुको रुपमा चर्चामा आएको थिए उनि । उनको ‘१२ गाउँ’ प्रदर्शनको संघारमा छ ।

735 shares