‘ज्वाइँ साब’को ‘कसम बत्तीको’मा नीतिले लगिन् जितु

819 shares

काठमाडौँ । बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘ज्वाइँ साब’को ‘कसम बत्तीको’ गीत सार्वजनिक भएको छ । बुधबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा यादव लम्सालको शब्द रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ । गीतमा निशान भट्टराई र समीक्षा अधिकारीले स्वर दिएका छन् । सार्वजनिक गीत बिहेको सिजनमा रोजाइमा पर्ने देखिएको छ । गीतको भिडियोमा जितु नेपाल र नीति शाहले कम्मर मर्काएका छन् । बिहेको दिनमा आधारित गीतमा फिल्मका मुख्य कलाकार फिचर्ड छन् ।

फिल्ममा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको फिल्ममा बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।

 

फिल्म असोज २४ गतेबाट फूलपातिको अवसरमा प्रदर्शनमा आउँदैछ ।

 

819 shares