‘शाम्बाला’ नेपालबाट अस्कर अवार्डमा

742 shares

काठमाडौं । नेपाल बाट अस्कर अवार्डमा ‘ शाम्बाला’ले प्रतिनिधित्व गर्ने भएको छ । मीनबहादुर भाम निर्देशित फिल्मले अन्तराष्ट्रिय रुपमा चर्चा कमाएको थियो ।

अवार्डमा प्रतिनिधित्वका लागि ‘शाम्बाला’ले मात्रै आवेदन दिएको छ । अन्तिम दिन विहिबारसम्म ‘शाम्बाला’ले मात्रै आवेदन दिएको जनाइएको छ । अब सिफारिस प्रक्रियाले औपचारिकता पाएपछि फिल्म अस्करमा जानेछ ।

फिल्मले अस्करको अन्तराष्ट्रिय फिचर विधामा भाग लिनेछ । छनौट समितिले नोभेम्बरसम्म अमेरिका पठाउनुपर्नेछ । फिल्म आजबाट नेपाली हलहरुमा प्रदर्शनमा आएको छ ।

९७ औं अस्कर अवार्ड ३ मार्च, २०२५ मा अमेरिकाको लस–एन्जलसमा आयोजना हुँदैछ ।

 

742 shares