यो वर्षको सर्वोत्कृष्ट अभिनेता अनमोल केसी, अभिनेत्रीमा केकी अधिकारी

वि.सं.२०८१ भदौ ३१ सोमवार ०५:०४

काठमाडौँ । यो वर्षको यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) मा अनमोल केसी सर्वोत्कृष्ट अभिनेता र केकी अधिकारीले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छन् । शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित कार्यक्रममा मनोनयनमा रहेका मध्येबाट सर्वोत्कृष्ट घोषणा गरिएको छ । केसी फिल्म ‘फर्की फर्की’बाट सर्वोत्कृष्ट अभिनेता बनेका हुन् भने केकी ‘प्रसाद २’ बाट ।
अबार्डमा उपेन्द्र सुब्बाको ‘जारी’ सर्वोत्कृष्ट फिल्म घोषणा भयो भने सुब्बा सर्वोत्कृष्ट निर्देशक । सर्वोत्कृष्ट कथा –पटकथाको अवार्ड आकाश बरालले ‘दिमाग खराब’बाट प्राप्त गरेका छ । अर्पण थापा ‘प्रसाद २’ बाट सर्वोत्कृष्ट खलपात्र बन्दा सर्वोत्कृष्ट छायाकार ‘प्रसाद ‘२ बाट राजेश श्रेष्ठ ले पाए । ‘फर्की फर्की’बाट सुरेन्द्र पौडेलले सर्वोत्कृष्ट सम्पादक, प्रकाश सपुत सर्वोत्कृष्ट संगीतकार ‘बोक्सीको घर'(बुझिन मैले्र), कालिप्रसाद बास्कोटा सर्वोत्कृष्ट पाश्र्वगायक ‘चरी बस्यो’ (जारी), समीक्षा अधिकारी ‘बोक्सीको घर'(बुझिन मैले) सर्वोत्कृष्ट पार्श्वगायक, सर्वोत्कृष्ट नृत्य निर्देशक ‘पुजार सार्की’बाट शिशिर खत्री (दर्शन गरेँ)ले अवार्ड हात पारे ।
दयाहाङ राईले पपुलर अभिनेताको अवार्ड हात पार्दा मिरुना मगरले पनि पपुलर अभिनेत्रीको अवार्ड पाइन् । जुरी तर्फको सर्वोत्कृष्ट अभिनेता ‘पुजार सार्की’बाट प्रदीप खड्काले पाउँदा ‘बोक्सीको घर’बाट सुपला सापकोटाले अभिनेत्रीको अवार्ड पाइन् ।
पल शाहले पब्लिक च्वाईस तर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्डमा पाउँदा अभिनेत्रीतर्फ जसिता गुरुङले पाइन् । पर्फमर अफ दि एयरको अवार्ड मोडल तथा डान्सर सुशान्त खत्रीले जीते । इन्करेजमेन्ट अवार्ड फिल्म ‘लण्डन टु पेरिस’बाट गरिमा शर्माले हात पारेकी छिन् ।
भुवन केसी लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मानीत भए ।

वि.सं.२०८१ भदौ ३१ सोमवार ०५:०४