हलमा ‘खुस्मा’, बुकिङमा देखिएन उत्साह

889 shares

काठमाडौँ । संविधान दिवसको अवसर पारेर चलचित्र ‘खुस्मा’ प्रदर्शनमा आएको छ । फिल्म आज बिहीबारबाट देशभरको हलहरुमा प्रदर्शनमा आएको हो ।

जनयुद्धको प्रभावकाबिच अंकुराएको प्रेमकथामा बनेको फिल्मको मुख्य भूमिकामा धिरज मगर र उपासना सिंह ठकुरीको अभिनय रहेको छ । प्रेम,विवाह, विछोड र पर्खाइको कथा भन्ने फिल्मले सोलो रिलिजको मौका पाएको छ । सोलो रिलिजको मौका पाउँदा पनि फिल्मको बुकिङ भने निराशाजनक देखिएको छ । केहि हलहरुमा भने फिल्मको बुकिङ राम्रै देखिएको छ ।

फिल्मलाई लिएर उपासना र धिरज दबाबमा देखिन्छन् । उनिहरु दुवैको करियरको लागि पनि फिल्म हिट हुनुपर्ने दबाब देखिन्छ । दुवैका यसअगाडिका फिल्म फ्लप भएका थिए । अशोक थापामगरको लेखन तथा निर्देशनमा बनेको फिल्ममा धिरज मगर, उपासना सिंह ठकुरी, माओत्से गुरुङ, खड्क बहादुर पुन , सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

फिल्ममा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगरको लगानी रहेको छ । फिल्मको सह–निर्माता सुस्मिता बुढाथोकी हुन् ।

889 shares