यशकुमारको ‘आँखा बन्द गरेर’ सार्वजनिक

वि.सं.२०८१ असोज ३ बिहीवार ०४:५२
819
shares

काठमाडौँ । गायक यशकुमारले नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । १५ मिनेटको सांगीतिक फिल्ममा प्रेम, रोमान्स र ड्रामा रहेको छ ।
निर्मल मगरको शब्द रहेको गीतमा यशकुमारको संगीत र गायन रहेको छ । मर्मस्पर्शी गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । गीत ‘तिमी छौ र त’ को दोश्रो पार्ट बताइएको छ । पहिलो पार्टलाई दर्शकले रुचाएका थिए ।
गीतको भिडियोमा यशसहित अनु थापा, प्रेम सुब्बा र राजेश घतानी फिचर्ड छन् ।

वि.सं.२०८१ असोज ३ बिहीवार ०४:५२
819
shares