‘फिरफिरे फिरिरी’ छठमा प्रदर्शन हुने

वि.सं.२०८१ असोज ८ मंगलवार ०१:५१

काठमाडौँ । हरर–कमेडी फिल्म ‘फिरफिरे फिरिरी’को प्रदर्शन मिति तय भएको छ । फिल्म कात्तिक २२ गते( छठ पर्व)बाट प्रदर्शनमा आउने भएको हो ।
सोमबार फिल्मको फर्स्टलुक पोष्टर पनि सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा एक युवतीले हाँकेको स्कुटरलाई तीन युवकले पछाडिबाट तानिरहेका छन् ।
फिल्ममा कुमार अधिकारीको लगानी रहेको छ । उनले नौ डाँडा पारी र मंगलसूत्रजस्ता फिल्म बनाएका थिए । १५ वर्षपछि उनि हरर–कमेडि फिल्म लिएर आएका हुन् ।
नविन भट्टको निर्देशनमा फिल्म सन्दीप श्रेष्ठ, भावना उप्रेती, मनोज कुमार अधिकारी, रविना केसी, शंकर सेढाई, पिटर प्रिन्स, पुष्प अवस्थी, सूर्यमान लिम्बू लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्ममा जितु तामाङको छायांकन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड म्यूजिक, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइन तथा अनन्त घिमिरेको सम्पादन र रंग संयोजन छ ।

वि.सं.२०८१ असोज ८ मंगलवार ०१:५१