सौगात मल्ल ‘बिनोद’ बन्दै

616 shares

काठमाडौँ । अभिनेता सौगात मल्ल ‘बिनोद’ बन्ने भएका छन् । उनको नयाँ फिल्म बिनोदको घोषणा गरिएको छ ।

फिल्मको घोषणा गर्दै थिम पोष्टर पनि सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा युद्धको मैदान देखाइएको छ । पछाडिबाट एक पात्र देखाइएको पोष्टर आकर्षक देखिएको छ । पिरियड ड्रामा फिल्म बन्ने देखिन्छ ‘बिनोद’ ।

फिल्मलाई स्काइफल फिक्चर्सको ब्यानरमा निर्माण गरिनेछ । बलिराम चौहानको निर्देशनमा बन्न लागेको यो फिल्म पौराणीक कथामा आधारित् रहने जनाइएको छ ।
फिल्म २०२५ मा प्रदर्शनमा आउने जनाइएको छ ।

 

616 shares