‘कल्ली’मा अर्पण,बुद्धि र कमलमणि अनुबन्धित

777 shares

काठमाडौँ । केहि समययता फिल्म ‘कल्ली’को निर्माणलाई लिएर चर्चा भइरहेको छ । फिल्ममा पल शाह अनुबन्धित भएका थिए । उनलाई हटाएर निर्माण टिमले सौगात मल्ललाई अनुबन्धित गरेको छ । यस्तोमा फिल्ममा कलाकारको लाइनअप पनि रोचक बनेको छ ।

फिल्ममा बेनिशा हमाल यसअगाडि नै अनुबन्धित भइसकेकी छन् । निर्माण टिमले अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाललाई अनुबन्धित गरेसँगै कलाकारको लाइनअप रोचक बनेको छ ।
किरण नेपालीको प्रस्तुतिमा निर्माण हुने फिल्ममा लक्ष्मण सुनारको लेखन तथा निर्देशन रहनेछ ।

फिल्ममा सौगात, बेनिशा, अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहनेछ । फिल्म यो वर्षको चैतको २९ गते रिलिज हुनेछ ।

रेड बर्ड प्रोडक्शन र कस्तूरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ ।

777 shares