सानातिना पार्टी खोलेर देशमा समाजवाद आउँदैन : शंकर पोखरेल

1.23K shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राज्य बलियो नभई जनता बलिया हुन नसक्ने बताएका छन् । नेकपा एमाले दाङ लमही नगरपालिका कमिटीको दोस्रो नगर अधिवेशनलाई सोमबार देउखुरीमा उद्घाटन गर्दै पोखरेलले राज्य बलियो हुन राजनीतिक दल बलिया हुनुपर्ने बताए।

नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणको क्रममा एमाले लागेकोले ‘नेपालमा अब सानातिना पार्टी राखेर समाजवाद आउँदैन, समाजवादको यात्रामा लाग्ने हो भने सानातिना दोकान बन्द गर्नुपर्दछ, यसले मात्रै मुलुकमा बलियो कम्युनिष्ट शक्ति निर्माण हुन सक्दछ र त्यसको जगमा मात्र समाजवादको आधार तयार हुन्छ भन्ने सच्चाइलाई बुझ्नु पर्दछ’, उनले भने ।

समाज बदल्नको लागि जनताको भावनाको नेतृत्व गर्न सक्नु पर्ने बताउँदै उनले अब सानातिना वामपन्थी पार्टीमा अलमलिने समय सकिएको स्पष्ट पारे । अब समाजवादको आधार निर्माण गर्न सक्ने एउटा बलियो शक्ति निर्माण गर्नुपर्नेमा उनको जोड थियो । पार्टीलाई कमजोर पार्दा के हुँदो रहेछ भन्ने कुरा आज माधव नेपाल र झलनाथ खनालको स्थिति हेरेर बुझ्नु पर्ने उनले बताए।

1.23K shares