त्रिविमा २०५८ यताकालाई मौका परीक्षाको अवसर, एआईको प्रयोग गरिए परीक्षा रद्द हुने

1K shares

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा समय सीमा कटेका कारण परीक्षा दिन नपाएका विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् । सोमबार त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले वार्षीक प्रणाली अन्तर्गत २०५८ यताका र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ यताका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने निर्णय गरेको हो।

मंगलबार जारी गरिएको सुचनामा विद्यार्थीहरुले मौका परीक्षाको अवसर पाएका छन् । मौका परीक्षामा त्रिवि अन्तर्गतका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञात तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरु सहभागी हुन पाउने सूचनामा उल्लेख छ।

साथै बैठकले त्रिविबाट सञ्चालन हुने जुनसुकै परीक्षामा पनि एआई प्रयोग गरेको भेटिए त्यस्ता विद्यार्थीको परीक्षा रद्द गर्ने निर्णय पनि गरेको छ।

1K shares