‘धुर्मुस’ले ‘लाज शरणम्’ बाट कमब्याक गर्दै

686 shares

काठमाडौँ । सिताराम कट्टले ‘धुर्मुस’ले फिल्ममा कमब्याक गर्ने भएका छन् । उनले सक्किगोनि समूहले निर्माण गर्न लागेको ‘लाज शरणम्’ बाट कमब्याक गर्ने भएका हुन् ।

दुई सातादेखि डोल्पामा फिल्मको छायांकन भइरहेको छ । फिल्मको छायांकन सेटबाट धुर्मुसको फोटो बाहिरिएको छ । उनले एक सातादेखि आफ्नो भागको छायांकन गरिरहेका जनाइएको छ ।

सेटबाट तस्बिर बाहिरिएपछि धुर्मुसको चर्चा चलेको हो । तस्बिरमा उनिसँगै अर्जुन घिमिरे (पाँडे) सहित अरु पनि छन् । सोसल कमेडि जनरामा निर्माण हुने फिल्मलाई कुमार कट्टेल (जिग्री ब्रो) ले निर्देशन गर्दैछन् ।

फिल्ममा सितारामको साथमा अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, विजय बराल, महेश त्रिपाठी, कमलमणी नेपाल, हरिश निरौला, रेनुनाथ योगी, सागर लम्साल, बबिन राई, प्रियना आचार्य, माला लिम्बू लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्म आगामी फागुन १४ गते शिवरात्रीको अवसरमा प्रदर्शनमा आउने जनाइएको छ ।

686 shares