‘डीएनए’ को अनाउन्समेन्ट टिजर सार्वजनिक

532 shares

काठमाडौँ । चलचित्र ‘डीएनए’को अनाउन्समेन्ट टिजर सार्वजनिक भएको छ । भर्खरै निर्माण घोषणा गरिएको फिल्मको टिजर सार्वजनिक गरिएको हो ।

फिल्मको छायांकन अगाडिनै टिजर सार्वजनिक गरिएको छ । पौराणिक एक्सन थ्रिलर जनरामा निर्माण हुने फिल्मको टिजरमा नव– अभिनेता सुधन पोखरेललाई देखाइएको छ । टिजरमा एक्सन देखाइएको छ । एक ब्यक्ति बाकस लिएर रातको समयमा भागि रहेको छन् । उनिमाथि आक्रमण हुन्छ । सुधन बचाउन फाइट गर्छन । त्यो ब्यक्तिले बोकेको बाकसबाट अनौठो प्रकाश निस्किन्छ ।

फिल्मलाई चानस पुन मगर र मणिरत्न त्रिपाठीले संयुक्त रुपमा लेखन तथा निर्देशन गर्नेछन् । अगामि फागुनबाट छायांकन सुरु हुने फिल्मको निर्माता कुमार भास्कर हुन् । एसोसियट निर्मातामा आशिष पुडासैनी छन् भने कार्यकारी निर्माता विकास भण्डारी हुन् ।

 

532 shares