पेरिस फेसन वीकमा यस्तो देखिइन् आलिया

679 shares

काठमाडौं । बलिउड अभिनेत्री आलिया भाटले पेरिस फेसन विकमा सौन्दर्यको जादु छरेकी छन् । यसअगाडि उनले मेटगालामा सौन्दर्यको जादु छरेकी थिइन् ।

पेरिस फेसन विकमा आलियाले डेब्यु गरेकी हुन् । उनले सोमबार मेटालिक सिल्भर फिटको पहिरन लगाएर सबैलाई मोहित तुल्याएकी थिइन् । उनि केन्डल जेनर, कारा डोलिभिङ र अन्य चर्चित मोडलसँग र्‍याम्पमा देखा परिन् ।

आलियाको ड्रेस गौरव गुप्ताले डिजाइन गरेका हुन् । कामको कुरा गर्नुपर्दा उनको फिल्म ‘जिग्रा’ अक्टोवर ११ मा रिलिज हुँदैछ ।

 

679 shares