कार दुर्घटनामा निधनको हल्ला फैलिएपछि प्रियंकाले भनिन्, ‘म सुरक्षित छु’

वि.सं.२०८१ असोज ९ बुधवार ०३:१३
1.69K
shares

काठमाडौँ । पछिल्लो समय सेलिब्रेटीलाई लिएर विभिन्न हल्ला फैलने क्रम बढ्दो देखिन्छ । केहि समयअगाडि कलाकार रामचन्द्र अधिकारीको निधन भएको हल्ला बजारमा फैलिएको थियो । उनले आफु सकुशल रहेको भिडियो सन्देश नै जारी गर्नुपरेको थियो ।
यस्तोमा अभिनेत्री प्रियंका कार्कीको कार दुर्घटनामा निधन भएको भ्रामक खबर सामाजिक संजालमा फैलिएपछि उनले बोलेकी छन् । उनले इन्स्टाग्राममा स्टोरी शेयर गर्दै आफु सुरक्षित रहेको जानकारी गराएकि हुन् । साथै उनले यस्तो भ्रामक खबरको विश्वास नगर्न आग्रह गरेकी छन् ।
स्टोरीमा उनले लेखेकी छन्, ‘कार दुर्घटनामा मेरो निधन भएको भन्ने भ्रामक खबर फैलिएको छ । यो खबरमा कृपया विश्वास नगर्नुहोला । कृपया चिन्ता नगर्नूस । म पूर्णरुपमा सुरक्षित छु र ‘ममी’को सेटमा छु ।’

वि.सं.२०८१ असोज ९ बुधवार ०३:१३
1.69K
shares