‘ज्वाइँ साब’को क्लाइमेक्सको दृश्य बाहिरिएपछि तनावमा निर्माण टिम

वि.सं.२०८१ असोज ९ बुधवार ०५:४०

काठमाडौँ । असोज २४ गते फूलपातीबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ज्वाइँ साब’को क्लाइमेक्सको सिन बाहिरिएको छ । फिल्मको क्लाइमेक्सको सिनमा जितु नेपाल बरखी बारेको सेतो पहिरनमा हातमा बच्चा बोकेर हिँड्दैछन् । उनि त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा निलो ब्याग र पासपोर्ट बोकेर हिँडिरहेका छन् । उनको पछाडी निती शाहा खादा र नेपालको झण्डा बोकेर उभिएकी छन् ।
दृश्यअनुसार नीतिले जितुलाई विदाइ गरेको गरेको अनुमान गर्न सकिन्छ । यसरी दृश्य बाहिरिएसँग निर्माण टिम तनावमा देखिएको छ ।
बसन्त निरौलाको निर्देशनमा बनेको फिल्मको प्रस्तुतकर्ता राजकुमार पण्डित हुन् । फिल्मममा जितु र नीतिको साथमा हिमेश पन्त, बुद्धि तामाङ, प्रकाश घिमिरे, रमेश बुढाथोकी, शिशिर वाङ्देल, दीपक आचार्य ‘काकु’लगायतका कलाकारको अभिनय रहेको छ ।

वि.सं.२०८१ असोज ९ बुधवार ०५:४०