प्रदीप खड्काको ‘एक्लो’को सेटमा बाढी, लाखौँको क्षति

630 shares

काठमाडौँ । अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘एक्लो’को हाल छायांकन भइरहेको छ । अपर मुस्ताङमा भव्य सेट बनाएर फिल्मको छायांकन भइरहेको छ । यस्तोमा सेटलाई बाढीले क्षति पुर्याएको छ ।

करिब ४० लाखको सेट तयार गरेर फिल्मको छायांकन केहि समयअगाडि सुरु गरिएको थियो । सेटमा क्षति पुग्दा निर्माण टिमलाई आर्थिक क्षति पुगेको छ ।

साइन्स फिक्सन जनरामा निर्माण हुन लागेको फिल्मलाई प्रदीप शाहिले निर्देशन गर्दैछन् । फिल्ममा प्रदीपका अलवा बेनिशा हमाल, सुनिल थापा, जेमि बेकन, कबिता नेपाली, सुरजसिंह ठकुरी, विजय लामा लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, संगिता वादी श्रेष्ठ ,भाइराजा थापा, नवीन सिवा र बागवीर पुनको लगानी रहेको छ ।

 

630 shares