‘प्रेमगीत ३’ ओटीटीमा रिलिज
वि.सं.२०८१ असोज ९ बुधवार ११:५३
1.62K
shares

काठमाडौँ । प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत ३’ ओटीटी प्लेटफर्ममा रिलिज भएको छ । फिल्म ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको हो ।
सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्म २०७९ को दशैँमा प्रदर्शनमा आएको थियो । फिल्मलाई सेन र स्वर्गीय छेतेन गुरुङ मिलेर निर्देशन गरेका थिए । फिल्मको कथापनि गुरुङले नै लेखेको थिए ।
नेपाली र हिन्दी भाषामा बनेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायतका कलाकारको अभिनय रहेको छ।
तोकिएको रकम तिरेर फिल्म सिनेमाघरमा हेर्न सकिन्छ ।
वि.सं.२०८१ असोज ९ बुधवार ११:५३
1.62K
shares






