दयाहाङले सके ‘अञ्जिला’को डबिङ

581 shares

काठमाडौँ । अभिनेता दयाहाङ राईले ‘अञ्जिला’को डबिङ सकेका छन् । मिलन चाम्सको निर्देशनमा बनेको फिल्ममा फुटबलर एञ्जिला तुम्बापो सुब्बा कथा देखाइनेछ ।

सुब्बा नेपाली महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक हुन् । उनकै जीवनमा आधारित भएर निर्माण गरिएको फिल्म आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउनेछ ।

फिल्मको मुख्य भूमिकामा एञ्जिला आफैँ देखिनेछिन् । उनको साथमा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । एञ्जिलाको बाल्यकाल देखि सफलतासम्मको कथा समेटिएको फिल्मको छायांकन उनकै जन्मथलो एलामको आइतबारे, झापा र काठमाडौँमा गरिनेछ ।

फिल्ममा प्रेम श्रेष्ठको लगानी रहेको छ । फिल्मका सह –निर्माता टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया हुन् ।

581 shares