साउथ इन्डियन फिल्ममा रेअर राई

वि.सं.२०८१ असोज १० बिहीवार ०५:३३

काठमाडौँ । गत वैशाखमा प्रदर्शनमा आएको चलचित्र खजुरे ब्रो मार्फत कलाकार रेअर राई चर्चामा आएका थिए । त्यसअगाडि पनि उनले धेरै फिल्महरुमा सहायक पात्रहरुमा काम गरेर दर्शकको मन जितेका थिए । खजुरे ब्रोमा भने उनले शिर्ष भूमिकामा काम गर्दै दर्शकको मन जितेका थिए ।
फिल्मले ठुलो पर्दाका दर्शमाझ उनलाई परिचित गराएको थियो । अब भने उनले आफ्नो परिचय दक्षिण भारतीय फिल्ममा पनि बनाउने भएका छन् । उनले साउथको कोटारा नामक पिरियड ड्रामा फिल्ममा काम गर्ने भएका हुन् । हाल फिल्मको सेट निर्माणको काम भइरहेको छ ।
फिल्मको छायांकन डिसेम्बरबाट सुरु हुने रेअरले बताए । फिल्मलाई जोन भर्गिजले निर्देशन गर्नेछन् । कार्निभल मोसन पिक्चर्स र फ्राइडे फिल्म हाउले निर्माण गर्न लागेको फिल्मका निर्माता स्यान्ड्रा थोमस र विजय बाबु हुन् ।

वि.सं.२०८१ असोज १० बिहीवार ०५:३३