‘सानो संसार’को सर्वत्र तारिफ, बक्सअफिसमा कस्तो गर्ला ?

वि.सं.२०८१ असोज १० बिहीवार ०६:१४

काठमाडौा । भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सानो संसार’को भव्य प्रिमियर सम्पन्न भएको छ । बुधबार काठमाडौँे सिटी सेन्टरस्थित बिग मूभिजमा भएको प्रिमियरमा फिल्मले सर्वत्र प्रशंसा पाएको छ ।
फिल्मको कथाबस्तु र कलाकारको अभिनयको तारिफले सामाजिक संजाल रंगीएका छन् । प्रिमियरमा पुगेका अधिकांशले पनि फिल्मको तारिफमा शब्द खर्चेका थिए ।
प्रिमियरमा चलचित्र बिकास बोर्ड अध्यक्ष दिनेश डिसी, निर्देशक रामबाबु गुरुङ, ज्ञानेन्द्र देउजा, सुरेन्द्र पौडेल, नवल नेपाल, निर्माता रौनक विक्रम कडेल, रोहित अधिकारी, सरोज न्यौपाने, अभिनेता जितु नेपाल, विल्सन विक्रम राई, यमन श्रेष्ठ, लेखक प्रदीप भारद्धाज, अभिनेत्री लुनिभा तुलाधर लगायतका कलाकार र पत्रकारको टिम उपस्थित थियो ।
पारिवारिक कथाबस्तुमा बनेको फिल्ममा निम्ब बर्गिय परिवारको कथा देखाइएको छ । निम्न बर्गिय परिवारको अभाव, पिडा र सपना देखाइएको फिल्मले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । फरक खालको विषयवस्तु र प्रस्तुतिका कारण फिल्मले राम्रो गर्ने आँकलन गरिएको छ ।
फिल्ममा कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेको छ । फिल्ममा सीताको साथमा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।
राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा निर्माण भएको फिल्मका निर्देशक सिद्धार्थ पुडासैनी हुन् । फिल्मका निर्माता अर्जुन कुमार हुन् भने कार्यकारी निर्माता माधव वाग्ले हुन् ।

वि.सं.२०८१ असोज १० बिहीवार ०६:१४