ठुलो खुसीको खबर दिन सारियो नाजिरको ‘गुन्यो चोलो’को रिलिज

वि.सं.२०८१ असोज १० बिहीवार ०९:१७

काठमाडौँ । अभिनेता नाजिर हुसेन अभिनित चलचित्र ‘गुन्यो चोलो’को प्रदर्शन मिति स्थगीत भएको छ । निर्देशक समुन्द्र भट्टले सामाजिक संजालमार्फत फिल्मको प्रदर्शन स्थगीत भएको जानकारी दिएकी हुन् ।
नाजिरको पात्रसहितको पोष्टर सार्वजनिक भएपछि फिल्मको चर्चा चुलिएको थियो । फिल्ममा नाजिरलेपहिलोपटक पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निभाएका थिए ।
निर्देशक भट्टले कात्तिक ९ गतेको प्रदर्शन मिति केही विशेष कारणले तत्काललाई स्थगित गरिएको बताइन् । उनले चाँडै एउटा ठुलो खुसीको खबरसहित नयाँ प्रदर्शन मिति तोकिने बताइन् ।
फिल्ममा नाजिरको साथमा सञ्चिता लुईंटेल, विशाल पहारी, सुशील सिटौला, अनुपम श्रेष्ठ, निशा बजगाईं लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा निर्देशक भट्ट र अभिनेता हुसेनको पटकथा एवं संवाद लेखन रहेको छ ।
फिल्ममा आकाश बुढाथोकी र भि. भन्से जानुबोनको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् ।

वि.सं.२०८१ असोज १० बिहीवार ०९:१७