राजेश हमालको ‘नरसिंहा अवतार’ को शुभ मुर्हूत

812 shares

काठमाडौँ । राजेश हमालको अभिनय रहने चलचित्र ‘नरसिंहाः अवतार’ को शुभ मुहूर्त गरिएको छ । बिहीबार काठमाडौँको एनएफडिसि स्टुडियो बालाजुमा फिल्मको मुहूर्त गरिएको हो ।

मूहुर्त कार्यक्रममा हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, अर्जुन श्रेष्ठको साथमा प्राविधिकहरुको उपस्थिति थियो । मुहूर्तमा नरेन्द्र महर्जनले क्ल्याप हानेको थिए ।

हमालले ८ वर्षपछि फिल्म गर्न लागेका हुन् । पछिल्लो समय उनलाई निर्देशकहरुले प्रस्ताव गरेपनि फिल्म गरिरहेका थिएनन् । एक्सन जनरामा निर्माण हुने फिल्ममा राजेश हमाल, राज कटुवाल , नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर लगायतका कलाकारको अभिनय रहनेछ ।

फिल्म हमालका लागि अग्नीपरीक्षा जस्तै हुनेछ । आफ्नो समयमा दर्शकको मन मनमा राज गरेका हमालका पछिल्ला फिल्म सफल नभएपछि उनि किनारा लागेका थिए । यहि फिल्मबाट उनको कमब्याक हुने आशा गरिएको छ । फिल्म आगामी फागुन १४ गते शिवरात्रिमा प्रदर्शनमा आउने जनाइएको छ ।

812 shares