हलमा ‘सानो संसार’ र ‘आँखा’
वि.सं.२०८१ असोज ११ शुक्रवार ०३:५१

काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत हलमा दुई नेपाली फिल्म लागेका छन् । निम्नबर्गीय परिवारको कथामा बनाइएको ‘सानो संसार’ र सुकुम्बासीको कथामा बनाइएको फिल्म ‘आँखा’ हलमा लागेका छन् ।
सामान्य जस्तो लाग्ने कथामा बनेका दुवै फिल्मले चौतर्फी प्रशंसा पाएका थिए । सामाजिक संजालमा फिल्मको प्रिमियर हेरेर राम्रो प्रतिक्रिया पाइरहेका छन् ।
सानो संसार सिद्धार्थ पुडासैनीको निर्देशन हो । फिल्ममा सीतादेवी तिमिल्सेना , अनु दाहाल, राज पंगेनी शर्मा, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्मका निर्माता अर्जुन कुमार हुन् भने कार्यकारी निर्माता माधव वाग्ले हुन् ।
आँखामा जोन योन्जनको लेखन तथा निर्देशन रहेको छ । सुकुम्वासी बस्तीको कथालाई प्रस्तुत गरिएको फिलममा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्मलाई ढाका टोपी फिल्म्स, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट, र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा निर्माण गरिएको हो। फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ ।
वि.सं.२०८१ असोज ११ शुक्रवार ०३:५१











