दोलखाकी कृष्टिका खड्का बनिन् राष्ट्रव्यापी खुल्ला वक्तित्वकला प्रतियोगिताको विजेता

वि.सं.२०८१ असोज १४ सोमवार ०२:०३

काठमाडौँ । अनेरास्ववियु उपत्यका विशेष बागमती प्रदेश कमिटीले आयोजना गरेको राष्ट्रव्यापी खुला वक्तित्वकला प्रतियोगिताको उपाधि कृष्टिका खड्काले जितेकि छन् । सोमबार भएको फाइनलमा उत्कृष्ट १५ प्रतियोगिहरुलाई पछि पार्दै खड्का विजेता बनेकी हुन् ।
विजेता बनेसँगै खड्काले नगद पुरस्कार ५० हजार रुपैँया प्राप्त गरेकी छन् । कक्षा १० मा अध्ययनरत १४ वर्षिय खड्काले विजेता हुन पाउँदा खुसी भएको बताइन् । यस्तै प्रतियोगितामा नेपाल ल क्याम्पसका आशिष सापकोटा दोश्रो भएका छन् । उनले २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
अनेरास्ववियु उपत्यका विशेष बागमती प्रदेश कमिटीले खुल्ला शीर्षक दिएर प्रतियोगिताको आयोजना गरेको थियो । खुल्ला आह्वान गरिएको प्रतियोगितामा देशभरिका १५९ जना प्रतियोगिले भिडियो मार्फत सहभागिता जनाएका थिए । निर्णायकहरुले ति प्रतियोगिमध्येबाट उत्कृष्ट १५ जनाको छनौट गरेको थियो ।
मदन भण्डारीको स्मृतिमा आयोजित प्रतियोगितामा “म भित्रको मदन भण्डारी” भन्ने मूल नारा राखिएको थियो ।

वि.सं.२०८१ असोज १४ सोमवार ०२:०३