आफ्नै पेस्तोलबाट बलिउड अभिनेता गोविन्दाको खुट्टामा लाग्यो गोली

वि.सं.२०८१ असोज १५ मंगलवार ०५:०४
462
shares

काठमाडौँ । बलिउड अभिनेता गोविन्दाको खुट्टामा गोली लागेको छ । मंगलबार राती आफ्नै पेस्तोलबाट उनलाई गोली लागेको हो ।
भारतीय संचारमाध्यमका अनुसार गोविन्दाले घरमा पेस्तोल सफा गर्ने क्रममा जमिनमा खसेर गोली चलेको बताएका छन् । उनिसँग अनुमतिप्राप्त हतियार रहेको जनाइएको छ । गोली लागेपछि उनलाई अस्पताल पुर्याइएको छ । हाल उनको गोली निकालिएको र अस्पतालमा आराम गरिरहेको जनाइएको छ ।

वि.सं.२०८१ असोज १५ मंगलवार ०५:०४
462
shares