फिल्म ब्लकबस्टर भएपछि हराएका अभिनेत्री

1.61K shares

काठमाडौँ । भनिन्छ चलचित्र क्षेत्रमा फिल्म हिट भयो भने कलाकारको करियर पनि उकालो लाग्छ । निर्माताहरुले पत्याउँछन् र अगामि यात्रा सहज हुन्छ । कयौँ मानिस कलाकारीतामा आफ्नो भविश्य खोज्दै भौतारिरहेका छन् ।

नेपाली चलचित्र क्षेत्र सानो छ । तर, यहाँ भविष्य बनाउन आउनेको कमि छैन । क्षमता भएका कति कलाकारले त लामो समयसम्म पनि ब्रेक पाइरहेका हुँदैनन् । यस्तोमा यहाँ हामि फिल्म ब्लकबस्टर भएर पनि गुमनाम भएका केहि अभिनेत्रीको बारेमा कुरा गर्नेछौँ ।

क्रिस्टिना गुरुङ

अभिनेत्री क्रिस्टिना गुरुङले ‘प्रेमगीत ३’ बाट जुन सफलता पाइन्, सायदै कोहि अभिनेत्री होलान् जस्ले पहिलो फिल्ममै यतिधेरै चर्चा र माया पाएको । फिल्म नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको थियो । फिल्मले गुरुङलाई न्तर्राष्ट्रिय रुपमै जुन एक्सपोज र ब्राण्डिङ गर्यो ।

विश्ववजारमा उनलाई फिल्मले त परिचित गरायो, त्यसपछि भने उनि गुमनाम नै भइन् । अभिनेता प्रदीप खड्कासँग प्रेमगीत ३ मा काम गरेर सफलता हात पारेयता उनले अन्य फिल्म गरेकी छैनन् । उनि हाल गुमनाम जस्तै छिन् ।

उनि सोसल मिडिया, सार्वजनिक कार्यक्रम, फिल्मी कार्यक्रमबाट लगभग गायव जस्तै छिन् । प्रेमगीत ३ पछि उनलाई फिल्मको अफर गर्नेहरुको ठुलै लर्को थियो । साउथ इन्डियन फिल्मबाट पनि उनलाई अफर आएको थियो । तर, उनले न नेपाली फिल्म गरिन्, न साउथ इन्डियन नै ।

पहिलो फिल्ममै यतिधेरै चर्चा र सफलता बटुलेकी उनि हाल गुमनाम छिन् ।

अश्लेषा ठकुरी

क्रिस्टिनाको जस्तै स्थिति छ अभिनेत्री अश्लेषा ठकुरीको । उनले ‘प्रेमगीत २’ बाट फिल्ममा डेब्यु गरिन् । फिल्म हिट भयो । प्रदीप खड्का र उनको जोडि रुचाइयो । त्यसयता उनि गुमनाम जस्तै छिन् ।

रंगकर्मबाट फिल्ममा उदाएकी ठकुरीलाई सम्भावना बोकेकी अभिनेत्रीको रुपमा लिइएको थियो । पहिलो फिल्मबाटै सफलता हासिल गरेपछि उनले अन्य फिल्महरुमा निरन्तर काम गर्नेछिन् भन्ने धेरैको अनुमान थियो । तर, उनले सबैलाई गलत सावित गर्दै फिल्मबाट ओझेलमा परिन् ।

रिश्मा गुरुङ

सफल फिल्म ‘कबड्डी’ सिरिजकी सबैभन्दा चर्चित पात्र रिश्मा गुरुङ ‘मैँया’ हाल अमेरिका बसोबास गर्छिन् । विवाह गरेर श्रीमान्सँग उनि अमेरिका भासिएकी थिइन् । पहिलो फिल्ममा दयाहाङ राई र निश्चल बस्नेतजस्ता कलाकारसँग काम गरेकी उनि हाल ओझेलमा छिन् । फिल्मको पहिलो र दोश्रो पार्टमा उनले काम गरिन् । फिल्म हिट भयो । उनको र दयाहाङको जोडि खुवै रुचाइयो । काजि र मैँयाको जोडिको आजपनि चर्चा हुने गर्छ ।

यस्तोमा उनि अचानक फिल्म क्षेत्रबाट गायव नै भइन् । उनले ‘झुम्की’मा अभिनय गरेकी थिइन् । हालै नेपाल फर्किएकी उनलाई ‘कबड्डी ५’ बाट पनि अफर आएको छ रे । फिल्म गर्ने नगर्ने निर्णय गर्न बाँकी रहेको उनले बताएकी थिइन् ।

 

1.61K shares