दर्शकलाई निराश बनाउने विराज र समीरको ‘१२ गाउँ’ को ट्रेलर

वि.सं.२०८१ असोज १५ मंगलवार १३:०८

काठमाडौँ । असोजको २४ गते फूलपातिबाट प्रदर्शनमा आउने ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार फिल्मको ३ मिनेट बढीको ट्रेलर सार्वजनिक भएको हो ।
ट्रेलरमा फिल्मको मुख्य कलाकार विराज भट्ट र समीर भट्टको एक्सन सिनहरुले भरिएको छ । फिल्मको टिजरले बनाएको हाइप ट्रेलरले भने घटाउने देखिएको छ । फिल्ममा प्रयोग गरिएको भ्वाइस ओभर ओभर एक्टिङ जस्तो देखिन्छ भने बिजिएम त्यति मजाको सुनिएको छैन ।
ट्रेलरमा देखाइएको एक्सन सिनहरु पनि अलिक पुरानै लाग्ने खालका छन् । यस्तोमा बिराजको कमब्याक र उनको छोराको डेब्यु भनेको महत्वाकांक्षी प्रोजेक्टले दर्शकलाई निराश बनाउने देखिन्छ । फिल्म ‘छक्का पन्जा ५’ र ‘ज्वाइँ साब’ सँग त्रिपक्षिय भिडन्त गर्दैछ । फिल्मको टिजर बाहेक गीतले पनि दर्शकलाई आकर्षण गर्न सकेको छैन ।
विराजकै निर्देशन रहेको फिल्ममा उनको साथमा समिर भट्ट, सोनु चन्द्रपाल, दिया मास्के, मुरलिधर, सनिसा भट्टराई, नरेन खड्का, न्यान्सी खड्का, स्टन्ट सिल्भा, सन्तोष सरकार, कनिज कोइराला लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्ममा अर्जुन पोखरेल र निरज सिंहको संगीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी, महेश पौडेल र राजु लामाको डीओपी, सन्तोष सरकारको लेखन, स्टन्ट सिल्भा र शंकर महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन छ ।

वि.सं.२०८१ असोज १५ मंगलवार १३:०८